उपचुनावको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गर्यो : रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनको जारी मत परिणाममा साझाले निराशाजनक परिणाम व्यहेरेपछि मिश्रको यस्ता प्रतिक्रिया आएको हो ।
आइतबार साझ उनले आफ्नो फेसबुक ह्यान्डलमा लेखेका छन्,‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’
उपचुनावले साझा पार्टीले थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको र आफूहरू दिलोज्यान दिएर त्यसमा लाग्ने पनि उनले बताए । साथै उनले युवा मतदाता खोई भन्दै प्रश्न समेत गरे । ‘हुन त तथ्याङ्कपछि आउला तर कास्कीका सबै चुनावी केन्द्र घुम्दा अधिकांश केन्द्रमा युवा मतदाता अत्यन्तै न्यून थिए । जुन कम्तिमा २ जना मतदान अधिकृतले पुष्टी गरे।’
दशौँ लाख युवा विदेशमा भएकोले र बाँकीमा राजनीतिप्रतिको वितृष्णाले यस्तो भएको भन्दै उनले उक्त कुरा साझा पार्टीका लागि मात्र नभइ, देश रूपान्तरणका लागि चिन्ताजनक विषय मिश्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल