भालुको आक्रमणबाट दुई प्रहरी घाइते
आइतबार, १५ मङ्सिर २०७६, २२ : ५४
रसुवा । ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन् ।
आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ ।
रातको समयमा हेलिकप्टर आउन नसक्ने भएका कारण एम्बुलेन्सद्वारा उपचारार्थ काठमाडौँ पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण