दाङमा ‘पर्खि बसे फर्की आउनेछु’ को मुहूर्त
दाङ । फिल्म ‘पर्खि बसे फर्की आउनेछु’ को शुभ–मुहूर्त गरिएको छ । सोमबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा फिल्मको मुहूर्त गरिएको हो । पूर्वमन्त्री दीपक गिरीको प्रमुख आतिथ्यता रहेको मुहूर्त कार्यक्रममा फिल्मको कलाकार तथा निर्माण युनिटको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार प्रेम परियार, समिक्षा बस्नेत र देवसागरले मुहूर्त शर्ट दिएका थिए । मुर्हूतसँगै फिल्मको छायाँकन पनि सुरु भएको निर्माण युनिटले जानकारी दिएको छ ।
रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्मको खेमराज बिक कार्यकारी निर्माता हुन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको फिल्म लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम परियार, समिक्षा बस्नेत र देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, दीपक थापा, शुभम् गौतम, डा.लोकराज पराजुली, हेमराज बिसी लगायतका कलाकारको अभिनय रहनेछ ।
एउटी अपाङ केटीको टिन एज उमेरमा हुने रहर र जीवन संघर्षको कथा फिल्मले समेट्न लागेको हो । कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहने फिल्ममा एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ ।
गायक समेत रहेका प्रेम परियारले कार्यक्रममा फिल्म अभिनय रुचिको विषय भएकोले अभिनय गर्न लागेको बताए । फिल्मका निर्देशक राजबहादुर साने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ