उपनिर्वाचनमा राजनीतिक दलबाट आचारसंहिता पालना भएनः पर्यवेक्षण समिति
काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ ।
बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो ।
आचारसंहिता उलंघन गर्ने दलहरुलाई कारवाही गर्नुको सट्टा निर्वाचन आयोग राजनीतिक दलहरुलाई सचेत गराउनमा मात्रै सिमिति रहेको समितिले बताएको छ । समितिका सदस्य कपिल शर्माले विगतको तुलनामा आचारसंहिता पालनामा केही राम्रो हुँदै गएको बताए ।
उनले लोकतन्त्रलाई लोकतन्त्र बनाउने भनेकै चुनाव भएकोले सबै सचेत, सतर्क र क्रियाशिल हुनुपर्ने बताए ।
उनले निर्वाचनका समयमा आवश्यकता भन्दा बढी खर्च गर्ने प्रवृति देखिएको भन्दै यसको रोकथामका लागि राजनीतिक शक्ति सचेत हुनुपर्ने धारणा राखे ।
निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान अधिकृतहरुमा केही कमिकमजोरी देखिएको बताए ।
यादवले निर्वाचन कुन समय गर्ने भन्ने कुरा ऐन नियममै उल्लेख हुनुपर्ने सुझाव समेत दिए ।
समितिले मतदाताहरुलाई प्रभावित पार्न धेरै ठाउँहरुमा समूहिक भोज र मदिरा समेत खुवाएको पाइएको बताएको छ । त्यस्तै उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मतदाताहरुलाई ओसार पोसार गरेको पाइएको छ ।
समितिले निर्वाचन सुरक्षा प्रणालीमा सरोकारवालाको सहज पहुँच भएपनि सुरक्षाकर्मीहरुलाई पर्याप्त तालिम प्रदान नगरिएको जनाएको छ । त्यस्तै सुरक्षाकर्मीर्लाइ मतदान केन्दको व्यवस्थापनमा आयोग र सुरक्षा संयन्त्रको स्पष्ट निर्देशन हुन नसकेको समितिको ठहर छ ।
समितिले मतदाता नामावलीलाई नियमित रुपमा अद्यावधिक गरिनुपर्ने, निर्वाचनको समयमा बाहेक नियमित रुपमा नागरिक शिक्षा दिनुपर्ने, आचार संहिताको पालना गराउन दण्ड प्रणालीर्लाइ प्रभावकारी बनाउनुपर्ने तथा खर्चको पारदर्शिता र शुद्धता कायम हुनुपर्ने सुझाव दिएको छ । १ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४८ स्थानीय तहमा गरि ५२ रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण