समृद्धिका लागि उद्योगधन्दा र व्यापार आवश्यक: बाबुराम भट्टराई
बुधबार, १८ मङ्सिर २०७६, २२ : ०९
तनहुँ । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण आवश्यक रहेकामा भट्टराईको जोड थियो ।
नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले जोड दिए । उनले विकासको सवालमा राजनीति नगरी सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण