बक्सिङमा मिनुलाई स्वर्ण
सोमबार, २३ मङ्सिर २०७६, १५ : ३१
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ । सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।
महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई अंकका आधारमा हराइन् । नेपालकी ललिता मर्हजनले ४८ केजीमा रजत जितिन् ।
ललिता भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भएकी थिईन् ।