आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

करिनाको ठाउँ नयनताराले लिने

सोमबार, २४ वैशाख २०८१, ०७ : ४१
सोमबार, २४ वैशाख २०८१

हैदराबाद । करिना कपूर यश स्टारर फिल्म ‘टक्सिक’बाट कन्नड सिनेमामा डेब्यु गर्न लागेकी थिइन्, तर उनले आफ्नो व्यस्तताका कारण फिल्म छाडिन् । अब फिल्ममा करिनाको ठाउँ साउथकी लेडी सुपरस्टार नयनतारालाई लिने खबर आएको छ ।

हालैको पिङ्कभिलाको रिपोर्टमा फिल्म टक्सिकका निर्देशक गीतु मोहनदास र यशले पछिल्लो हप्तामा नयनतारासँग पटकपटक भेटघाट गरेको उल्लेख छ । रिपोर्टमा नयनताराले फिल्म ‘टक्सिक’ गर्न चासो देखाएको र अहिले लजिस्टिकको काम भइरहेको उल्लेख छ । 

फिल्ममा यशकी बहिनीको क्यारेक्टरलाई निकै राम्रोसँग स्क्रिप्ट गरिएको छ र त्यो बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खान्छ । स्क्रिप्ट पढेपछि गीतु मोहनदासले यति बलियो चरित्र निर्माण गरेकोमा नयनतारा निकै खुसी छिन् ।

नयनताराले गत वर्ष फिल्म जवानबाट बलिउडमा डेब्यु गरेकी थिइन्, त्यसपछि उनको पान इन्डिया छवि विकसित भएको छ । यसअघि नयनतारा कन्नड फिल्म सुपर (२०१०) मा देखिएकी थिइन् । नयनताराले यो फिल्म गरिन् भने यो उनको दोस्रो कन्नड फिल्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप