करिनाको ठाउँ नयनताराले लिने
हैदराबाद । करिना कपूर यश स्टारर फिल्म ‘टक्सिक’बाट कन्नड सिनेमामा डेब्यु गर्न लागेकी थिइन्, तर उनले आफ्नो व्यस्तताका कारण फिल्म छाडिन् । अब फिल्ममा करिनाको ठाउँ साउथकी लेडी सुपरस्टार नयनतारालाई लिने खबर आएको छ ।
हालैको पिङ्कभिलाको रिपोर्टमा फिल्म टक्सिकका निर्देशक गीतु मोहनदास र यशले पछिल्लो हप्तामा नयनतारासँग पटकपटक भेटघाट गरेको उल्लेख छ । रिपोर्टमा नयनताराले फिल्म ‘टक्सिक’ गर्न चासो देखाएको र अहिले लजिस्टिकको काम भइरहेको उल्लेख छ ।
फिल्ममा यशकी बहिनीको क्यारेक्टरलाई निकै राम्रोसँग स्क्रिप्ट गरिएको छ र त्यो बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खान्छ । स्क्रिप्ट पढेपछि गीतु मोहनदासले यति बलियो चरित्र निर्माण गरेकोमा नयनतारा निकै खुसी छिन् ।
नयनताराले गत वर्ष फिल्म जवानबाट बलिउडमा डेब्यु गरेकी थिइन्, त्यसपछि उनको पान इन्डिया छवि विकसित भएको छ । यसअघि नयनतारा कन्नड फिल्म सुपर (२०१०) मा देखिएकी थिइन् । नयनताराले यो फिल्म गरिन् भने यो उनको दोस्रो कन्नड फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण