फेन्सिङमा नेपाललाई दुई रजत
सोमबार, २३ मङ्सिर २०७६, २२ : २४
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत फेन्सिङमा नेपालले आज दुई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो ।
योसँगै नेपालले फेन्सिङमा चार रजत तथा छ कास्य गरी १० पदक जितेको छ । दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा बङ्गलादेश र श्रीलङ्काले कास्य जिते ।
यस्तै महिला टिम साबरमा पनि बङ्गलादेश र श्रीलङ्काले नै कास्य जिते । पुरुष फ्वेल स्पर्धामा भारतले स्वर्ण, बङ्गलादेशले रजत तथा नेपाल र श्रीलङ्काले कास्य जिते । फेन्सिङमा भारतले ११ स्वर्ण, पाँच रजत र एक कास्य, बङ्गलादेशले एक स्वर्ण, तीन रजत र सात कास्य तथा नेपालले चार रजत र छ कास्य जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ