१३ औं साग: बास्केटबलमा नेपालाई कास्य
मङ्गलबार, २४ मङ्सिर २०७६, १४ : ३२
काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो । पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलङ्का भिड्नेछन् ।
यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ ।