आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले सार्‍यो तीनवटै बैठक

सोमबार, २४ वैशाख २०८१, १३ : २५
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।  वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी सरेको हो । 

यसअघि क्रमशः वैशाख २६, २७ र २८, २९ गते बस्ने ती बैठक बोलाएको थियो । आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नु परेको सो पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचनामा भनिएको छ ।  एकीकृत समाजवादीले जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप