१३ औं साग: पुरुष फुटबलमा भुटानले फर्कायो जवाफी गोल
मङ्गलबार, २४ मङ्सिर २०७६, १५ : ४२
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले जवाफी गोल फर्काएको छ । दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट चेन्चो ग्याल्सेनले जवाफी गोल फर्काएका छन् । यसअघि नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ । राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो ।
सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्री अर्याल र साइप्रसका हाइकमिश्नरबिच शिष्टाचार भेटवार्ता
-
नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छ : अध्यक्ष ढकाल
-
राष्ट्रपतिको सम्बोधनमा कांग्रेसले किन गरेन अवरोध ?
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
-
संसद्को रमिता कहिले हट्छ ? ‘कांग्रेसलाई सोध्नुस्’ : रवि लामिछाने
-
श्रममा सरकारको नीति तथा कार्यक्रम : नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि श्रमको अडिटसम्म