श्रममन्त्री अर्याल र साइप्रसका हाइकमिश्नरबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर एवागोरस व्रियोनाइड्स बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा साइप्रस र नेपालबिच श्रमलगायत आपसीहितका बिषयमा छलफल भएको थियो ।
छलफलमा मन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरे । साइप्रस सरकारले माग गरेअनुसारको सीप भएका श्रमिक पठाउनका लागि सीप तालिम सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे ।
साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए ।
त्यस्तै, साइप्रसका हाइकमिश्नर व्रियोनाइड्सले साइप्रसले आफ्नो विकास कोष मार्फत नेपाली श्रमिकको सीप विकास तालिममा सहयोग गर्न सक्ने बताए । त्यस्तै, नेपाल सरकारको सहभागीतामा नै नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु