कांग्रेसबाट संसद्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदबाट धन्यवाद ज्ञापन गर्न समेत नदिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले अशोभनीय काम गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र यसैलाई समर्थन गर्नेगरी बजेट आउने बताएका हुन् ।
मन्त्री पुनले भने,‘बजेट मार्फत नीति तथा कार्यक्रम लागू हुन्छ । विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने बहस तथा छलफल आउँथ्यो, यसपटक त्यस्तो हुँदैन । प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरुद्ध गर्ने अशोभनीय काम भयो, राष्ट्रपति देशको प्रमुख व्यक्ति हो, देशको अभिभावक हो, उहाँले संसद्लाई २ घण्टा सम्बोधन गरिसकेपछि सामान्य सम्मान अर्थात राष्ट्रको लागि सम्बोधन गर्नुभयो सामान्य धन्यवाद पनि भन्न नसक्ने अवस्था भयो । त्यत्ति धन्यवाद दिन दिएको भए हुन्थ्यो । जिम्मेवार प्रतिपक्षको भूमिका भएन । देशको पुरानो लोकतान्त्रिक परम्परा बोकेको पार्टीले लोकतान्त्रिक चरित्र देखाएन ।’
उनले संसद् चल्न पाउनुपर्ने बताउँदै नीति तथा कार्यक्रममाथि छलफलका लागि ७ दिनको समय राखेको बताए ।
मन्त्री पुनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाएपछि मात्र संसदीय छानबिनको कुरा अघि बढ्ने उल्लेख गरे । उनले कांग्रेसले एकोहोरो आरोप मात्र लगाएको र अर्को पक्षलाई बोल्न नदिनु अलोकतान्त्रिक गतिविधि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?