नीति तथा कार्यक्रम
संसद्को रमिता कहिले हट्छ ? ‘कांग्रेसलाई सोध्नुस्’ : रवि लामिछाने
मङ्गलबार, ०१ जेठ २०८१, १८ : ५३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्को अवरोध कहिले हट्छ भन्ने जिज्ञासामा कांग्रेसलाई सोध्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अवरुद्ध भएपछि पत्रकारको प्रश्नमा उनले सो टिप्पणी गरेका हुन् ।
मन्त्री लामिछानेले सरकारको नीति तथा कार्यक्रममा प्रहरीका तल्लो तहका सबै कर्मचारीहरूको अवकाशको समयलाई पुनरावलोकन गर्ने, व्यवस्थित ढंगले बढुवा गर्ने, खुला जेलको अवधारणा जहाँ श्रम गर्न सकिने, काम गर्न सकिने विषयहरूदेखि लिएर धेरै राम्रा कुराहरू लिएर आएको बताए । कतिपय पुराना कुराको निरन्तरता भएपनि धेरै नयाँ कुराहरू पनि रहेको उनले बताए । नीति तथा कार्यक्रमदेखि सिलसिलेवार ढंगले कार्यान्वयनको चरणसम्म पुग्दा ध्यान दिनुपर्नेमा कुरामा उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब बराबरको अलैँची निर्यात, सबैभन्दा धेरै भारतमा
-
राष्ट्रिय हक्की प्रतियोगितामा कोशी र गण्डकी विजयी
-
सिक्किम प्रिमियरमा दर्शकले रूचाए ’जार’
-
'रेशमजीको जे पृष्ठभूमि छ, पत्रमा लेखिएको आधा त सत्य हो' (भिडियोसहित)
-
इजरायलमा ‘अहिलेसम्मकै ठुलो’ डढेलो, तस्बिरहरू
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न