‘ए’ डिभिजन लिग शनिबार
काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शनिबार देखि सुरु हुने भएको छ ।
दशरथ रंगशालामा सुरु हुने लिगको उद्घाटन खेलमा मछिन्द्रर ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
लिगमा ‘ए’ डिभिजनका १४ क्बलबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले हरेक राउन्डमा सात खेल सञ्चालन गर्नेछ । आइतबार देखि प्रत्येक दिन दुई खेल हुनेछ । लिगका लागि १४ वटै क्लबले खेलाडी अनुबन्ध र तयारी सुरु गरेका छन् ।
लिगमा हरेक क्लबले तीन जना विदेशी खेलाडी खेलाउन पाउनेछन् । २०७२ सालको भूकम्पका कारण क्षति पुगेको दशरथ रंगशालामा झन्डै पाँच बर्षपछि लिग फुटबल हुन लागेको हो । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनसँगै रंगशाला फेरि फुटबल मय बन्न लागेको हो ।
लिगमा कूल ९१ खेल हुनेछ । लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण