दुई चिनियाँ कुटनीतिज्ञलाई निष्काशन गर्नु अमेरिकाको ‘गलत निर्णय’
बेइजिङ । चिनियाँ दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको चीनले सोमबार जनाएको छ । अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले आइतबार जनाएअनुसार अमेरिकी सरकारले सेप्टेम्बरमा गोप्यरूपमा अमेरिकाका लागि चिनियाँ राजदूतावासका दुई पदाधिकारीलाई निष्काशन गरेको भन्ने खबरप्रति चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले चासो व्यक्त गर्दै यसो गर्नु अमेरिकाको ‘गलत निर्णय’ भएको बताए ।
ती दुई अधिकारीले आफ्नो गाडी चढेर अमेरिकाको भर्जिनियाको एक सैन्य आधारमा प्रवेश गरेको समाचारमा बताइएको छ । प्रवक्ता कङले पत्रकारसँगको नियमित भेटमा उक्त बिषयबारे चीनको धारणा राखेका थिए ।
अमेरिकाले चिनियाँ कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय लिनु दुई मुलुकको कूटनीतिक सम्बन्धको गम्भीर उल्लङ्घन भएको र चीनले यसबारे अमेरिकासँग कूटनीतिक च्यानलमार्फत सम्पर्क गरी कडा शब्दमा विरोध गरेको प्रवक्ता कङले बताए ।
अमेरिकालाई भियना कुटनीतिक सम्बन्ध सन्धिबमोजिम राष्ट्र र राष्ट्रबीच एकले अर्काको कुटनीतिज्ञलाई सुविधा तथा प्रत्याभूति प्रदान गर्नु नै एक आपसी सम्बन्धको आधार भएको भन्दै अमेरिकालाई आफ्नो गल्ती सच्याउन पनि उनले आग्रह गरे । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण