शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटनाको छानविन गर्न ७ सदस्यीय समिति गठन

सोमबार, ३० मङ्सिर २०७६, २२ : ५२
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ ।  सरकारले आइतबार सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाको छानविन गर्न ७ सदस्यीय समिति गठन गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोही मन्त्रालय मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यलयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । 

मन्त्रालयले गठन गरेको समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी सघंका प्रतिनिधिहरु रहेका छन् । समितिले बस दुर्घटनाको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने जनाइएको छ ।

विगतमा भएका सवारी दुर्घटनाको अध्ययन गरी दुर्घटना हुनुका कारण, न्यूनिकरणका उपायसम्बन्धि नीतिगत एवम् संरचनागत सुधारसहितको प्रतिवेदन पेस गर्न अर्को समिति समेत गठन गरेको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप