बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
काठमाडौँ । बागमती प्रदेशको संसदीय समितिमा राजनीतिक भागबण्डा भएको छ। जसअनुसार कांग्रेसले दुई वटा समितिको नेतृत्व पाउने भएको छ भने अन्य चार दलले एक–एक वटा समितिको नेतृत्व पाउने गरी सहमित भएको छ ।
शुक्रबार बागमती प्रदेश संसद सचिवालयमा बसेको प्रमुख पाँच दलको बैठकमा कांग्रेसलाई दुई र नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक– वटा समितिको नेतृत्व दिने गरी सहमति भएको नेकपा माओवादी केन्द्रे बागमती प्रदेशका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिए ।
प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसहित) को परिच्छेद २० को नियम १६७ बमोजिम प्रदेश विशेषाधिकार समिति गठन गर्ने गरी दलहरुबीच सहमति जुटको उनको भनाइ छ ।
जसअनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ ।यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ । यसअघि पाँच वटा समिति बनाउने भनिएपनि दलहरुबीच भागबण्डा हुँदा ६ वटा समिति बनाउने सहमति बनेको हो ।
सोहीअनुसार दलहरुबाट मनोनयन गर्दा गरेर सबै समितिको सभापति शनिबारसम्ममा टुंगो लगाइसक्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण