शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छः  श्रेष्ठ

शनिबार, ०५ पुस २०७६, १७ : ३३
शनिबार, ०५ पुस २०७६

काठमाडौँ। समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेकपा र राजपाबीच भएको सहमतीले समाजवादी पार्टी र राजपाबीचको एकता प्रकृयामा कुनै असर नपर्ने दावी गरेका छन् । 
शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छ ।’ 

 श्रेष्ठले दुई नम्बर प्रदेशको समाजवादी राजपा गठबन्धन सरकार सङ्घीयता कार्यान्वयनको सन्दर्भमा उदाहरणीय भएको बताउँदै प्रदेश सरकारले शत प्रतिशत समानुपातिक समावेशी हुने गरी विधेयक पारित गर्नु केन्द्र र अरु प्रदेशको सरकारलाई चुनौति भएको बताए ।

उनले दुई नम्बर प्रदेशले नयाँ स्थापित हुने उद्योगहरूलाई २० वर्षसम्म कर छुट, सीमान्तकृत शिल्पी, मुस्लीम र विपन्न परिवारलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति, बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत दश हजार छोरीहरूका लागि शिक्षा वीमा जस्तो कार्यक्रम लोकप्रीय बनेको बताए ।

पार्टी एकता प्रकृयाबाट पछि हटे राष्ट्रिय राजनीतिमा राजपाको औचित्यता सकिने पनि उनले चेतावनी दिए । 

नेता श्रेष्ठले आफ्नो पार्टी र राजपाबिच लामो समयदेखि एकता वार्ता भइरहेको र वार्ता निष्कर्षमा पुग्न लागेको कुराले नेकपा लगायत देशका पुराना शक्तिहरू आत्तिएको बताउँदै त्यसलाई भाँड्न दूतका रूपमा सिखण्डीहरूको प्रयोग गर्न थालेको बताए ।

उनले नेकपाको चक्रब्युहमा राजपा नफस्ने विश्वास व्यक्त गर्दैै भने, ‘पार्टी एकता प्रकृयाबाट राजपा पछि हटे राष्ट्रिय राजनीतिमा उस्को औचित्यता सकिन्छ । उत्पीडित समुदायले त्यसको हिसाव किताव राख्ने छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप