राजनीति
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
शुक्रबार, ०४ जेठ २०८१, ११ : ४०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि आन्तरिक तयारीमा जुटेको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
प्रतिपक्षी दलले केही समय माग गरेकाले प्रतिनिधिसभा बैठक बस्न ढिलाई भएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् ।
आजको बैठक अघि कांग्रेस अन्य विपक्षी दलहरुसँग पनि छलफलमा जुटेको छ । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा तनाव उत्पन्न भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण