
नेकपा स्थायी कमिटी बैठकः अध्यक्षको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, अरु के–के भए निर्णय ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ ।
बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ ।
त्यस्तै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ