बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘आमा’ ट्रेलर युटुब ट्रेन्डिङको शीर्ष स्थानमा

आइतबार, ०६ पुस २०७६, १५ : २७
आइतबार, ०६ पुस २०७६

काठमाडौ । फिल्मको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सजिलो छैन । गीत संगीत झै फिल्मको ट्रेलर धेरै पटक हेर्न मानिस कमै भेटिन्छ ।  त्यसमा पनि पछिल्लो समय युट्युवमा साउथ फिल्म हेर्न जमात दिन प्रतिदिन बढ्दो छ । तर, बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर भने युटुब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ । दीपेन्द्र के खनालको निर्देशन तथा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरले शनिबार साँझबाट युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको हो ।

सार्वजनिक भएको ट्रेलर धेरैले राम्रो भनेका छन् । कतिपयले त ट्रेलरले रुहाएको प्रतिक्रिया समेत दिएका छन् । लेखक समेत रहेका निर्देशक दीपेन्द्रले दर्शकबाट पाएको प्रतिक्रियाले आफु उत्साहित बनाएको बताए । ‘ट्रेलरबाट दर्शकले फिल्मप्रति जे अपेक्षा गर्नु भएको छ । त्यो पुरा गर्छ होला’ खनालले थपे । 

शर्मिला पाण्डेको निर्माण रहेको फिल्म फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । एउटा घरमा आमाको संघर्ष, समस्या र भूमिकाको विषय फिल्मले कथा बनाएको छ । फिल्म ‘आमा’को कथा हरेकको घरको कथा भएको निर्देशक दीपेन्द्रले बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप