अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या
नयाँ दिल्ली । बलिउडकी ड्रामा क्विन राखी सावन्त अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । अभिनेत्रीको हालत निकै गम्भीर रहेको उनका पूर्व पति रितेश सिंहले बताएका छन् । राखीलाई कयौं गम्भीर रोग लागेको उनको भनाइ छ ।
राखीको मिर्गौला र मुटुमा समस्या देखिएको बताइएको छ । ‘डाक्टरका अनुसार राखीको पेट फुलेको छ । मिर्गौला बिग्रिएको छ अनि मुटुमा पनि समस्या छ ।’ रितेशले भने । डाक्टरले परीक्षण गरेको भएपनि सबैको रिपोर्ट आइनसकेको बताइएको छ ।
ट्यूमरको आकार अलि ठुलै रहेको र यसमा क्यान्सर छ कि छैन भनेर जाँच भइरहेको पनि रितेशले बताए । समग्रमा राखीको स्थिति राम्रो नभएको उनले बताए । अभिनेत्री मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको बताइएको छ । राखीको पेटमा ट्युमर भएको बताइएको छ ।
राखी बिरामी परेको खबरबारे फ्यान्स र नेटिजनसहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा राखी अस्पतालको बेडमा सुतिरहेको तस्बिरहरू भाइरल भइरहेका छन् । केही नेटिन्सले उनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
केहीले भने अभिनेत्रीको अस्पताल भर्नालाई ड्रामा भनिरहेका छन् । केहीले उनी मुम्बईमा घुमिरहेको देखिएको भन्दै यो खबरलाई अप्रत्याशित भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण