अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या

नयाँ दिल्ली । बलिउडकी ड्रामा क्विन राखी सावन्त अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । अभिनेत्रीको हालत निकै गम्भीर रहेको उनका पूर्व पति रितेश सिंहले बताएका छन् । राखीलाई कयौं गम्भीर रोग लागेको उनको भनाइ छ ।
राखीको मिर्गौला र मुटुमा समस्या देखिएको बताइएको छ । ‘डाक्टरका अनुसार राखीको पेट फुलेको छ । मिर्गौला बिग्रिएको छ अनि मुटुमा पनि समस्या छ ।’ रितेशले भने । डाक्टरले परीक्षण गरेको भएपनि सबैको रिपोर्ट आइनसकेको बताइएको छ ।
ट्यूमरको आकार अलि ठुलै रहेको र यसमा क्यान्सर छ कि छैन भनेर जाँच भइरहेको पनि रितेशले बताए । समग्रमा राखीको स्थिति राम्रो नभएको उनले बताए । अभिनेत्री मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको बताइएको छ । राखीको पेटमा ट्युमर भएको बताइएको छ ।
राखी बिरामी परेको खबरबारे फ्यान्स र नेटिजनसहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा राखी अस्पतालको बेडमा सुतिरहेको तस्बिरहरू भाइरल भइरहेका छन् । केही नेटिन्सले उनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
केहीले भने अभिनेत्रीको अस्पताल भर्नालाई ड्रामा भनिरहेका छन् । केहीले उनी मुम्बईमा घुमिरहेको देखिएको भन्दै यो खबरलाई अप्रत्याशित भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य
-
घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति