भीएआर हटाउनेबारे प्रिमियर लिगका क्लबहरूले मतदान गर्ने
लण्डन । आगामी महिना हुने वार्षिक साधारण सभामा प्रिमियर लिगका क्लबहरूले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) हटाउने बारेमा मतदान गर्ने भएका छन् । वूल्भ्सले औपचारिक रूपमा यस विषयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको थियो ।
अब आगामी जुन ६ मा ह्यारोगेटमा हुने २० सदस्यीय क्लबको बैठकमा मतदान हुनेछ । क्लबले भीएआरलाई राम्रो नियतका साथ लागू गरिए पनि यसले कयौँ अनपेक्षित नकारात्मक परिणामहरू ल्याएका कारण समर्थक र फुटबलबिचको सम्बन्धमा हानी पुर्याइरहेको बताएको छ ।
मैदानमा रहेका अफिसियलहरूलाई खेलमा निर्णय गर्न सघाउने उद्देश्यसहित सन् २०१९ मा भीएआर लागू गरिएको थियो । तर, यो सिजन प्रविधिलाई लिएर कयौँ पटक विवाद सिर्जना भएको छ । ‘यथार्थतामा सानो बढवा दिन हामीले ठुलो मूल्य चुकाइरहनु परेको छ,’ क्लबले भनेको छ ।
यता प्रिमियर लिगले भने भीएआर बारेको चिन्तालाई स्वीकार गरे पनि प्रविधिलाई पूर्णरुपमा समर्थन गर्ने र यसलाई सुधार गर्नका लागि काम गर्ने बताएको छ । कुनै पनि नियमलाई परिवर्तन गर्नका लागि प्रस्तावको पक्षमा दुई तिहाइ अर्थात् २० मध्ये १४ वटा क्लबले मतदान गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण