न्युक्यासलमाथि युनाइटेडको रोमाञ्चक जित
ओल्ड ट्राफोर्ड । रासमस होइलन्डले १० खेलको गोलविहीन यात्रा अन्त्य गर्दा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा न्युक्यासलमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्न सफल भएको छ ।
बुधबारको खेलमा जित हासिल नगरेको भए एरिक टेन हागको टोली पछिल्ला ३४ वर्षमा सबैभन्दा खराब स्थानमा लिग अन्त्य गर्ने थियो । जितपछि भने टोलीले अब अर्को वर्षको यूईएफए कन्फरेन्स लिगमा छनोट हुन सिजनको अन्तिम खेलमा न्युक्यासलको नतिजाभन्दा राम्रो गर्नुपर्ने अवस्था पुगेको छ ।
यद्यपि, आगामी मे २५ मा वेम्ब्लेमा हुने एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराए टोली युरोपा लिगका लागि छनोट हुने सम्भावना भने कायम नै रहेको छ ।
खेलको ३१ औँ मिनेटमा कोबी माइनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एन्टोनी गोर्डनले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।
५७ औँ मिनेटमा अमाद डियालोले पुनः युनाइटेडलाई अग्रता दिलाए । ८४ औँ मिनेटमा होइलन्डले टोलीको अग्रता फराकिलो बनाए । सिजनमा उनको यो १५ औँ गोल थियो ।
इन्जुरी समयमा लेविस हलले एक गोल फर्काए पनि टोलीका लागि पुनरागमन गर्न ढिला भइसकेको थियो । जितपछि युनाइटेड ३७ खेलबाट ५७ अङ्कसहित लिगको आठौँ स्थानमा रहेको छ । समान अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा न्युक्यासल सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण