हत्याको प्रयासपछि स्लोभाक प्रधानमन्त्रीको अवस्था चिन्ताजनक
काठमाडौँ । हत्याको प्रयास गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । फिकोमाथि बुधबार ब्राटिसलाभाबाट उत्तर–पूर्वी गाउँमा गोली प्रहार भएको थियो ।
बुधबार साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले फिको तीन घण्टादेखि शल्यक्रिया कक्षमा रहेको र अवस्था ‘खराब’ भएको बताएका थिए । स्लोभाक राजनीतिज्ञका साथै राष्ट्रपतिले यो घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भनेका छन् ।
गोली प्रहार गर्ने सन्दिग्धलाई सुरक्षाकर्मीले घटनास्थलबाट नियन्त्रणमा लिएका थिए । यद्यपि, उनको परिचय औपचारिक रूपमा खुलाइएको छैन ।
घटना स्थानीय समयअनुसार बुधबार दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा हान्डलोभामा भएको थियो । एउटा बैठकपछि फर्किएर स्थानीयहरूलाई अभिवादन गरिरहेका बेला प्रधानमन्त्री फिकोमाथि एक व्यक्तिले ५ पटक गोली प्रहार गरेका थिए ।
उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई बान्सका बाइट्रिकास्थित अर्को अस्पतालमा सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण