बहसका लागि बाइडेन र ट्रम्प सहमत
बिहीबार, ०३ जेठ २०८१, ०९ : २७
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतिको बहसका लागि सहमत भएका छन्। बाइडेन र ट्रम्पबिच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपतिको बहस हुनेछ।
सीएनएनले जर्जिया राज्यमा जुन २७ मा पहिलो बहस आयोजना गर्ने छ भने दोस्रो बहस सेप्टेम्बर १० मा एबीसीमा हुनेछ। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए।
ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे। यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए। ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने प्रस्ताव गरेका थिए ।
ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकी नागरिकहरूले राष्ट्रपति पदका उम्मेदवारहरूलाई सुन्ने दुईवटा होइन तीनवटा मौका पाउनु पर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण