आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यमन्त्रीको नेतृत्वमा सिरहामा न्यानो बाँडौ अभियान सुरु

सोमबार, ०७ पुस २०७६, १८ : ११
सोमबार, ०७ पुस २०७६

सिरहा । सिरहा प्रदेश २ का उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका विभिन्न ठाउँमा ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात गर्दै मन्त्री मण्डलले उक्त अभियानका लागि पीडितलाई राहत दिन प्रदेशका सम्पूर्ण डिभिजन वन कार्यालयका अधिकारीहरुले दाउरा बाल्न र दाउरा वितरण गर्न अनुरोध गरेका छन् ।

मन्त्री मन्डल आफु पनि सिरहाको विभिन्न ठाउँमा पुगेर दाउरा बालन र दाउरा वितरणमा सहयोग गरेका छन् । सिरहा जिल्लाका विभिन्न चोकमा आगो बालेर राहत प्रदान गरिएको राज्यमन्त्री मण्डलले बताए ।  

केही दिनदेखि लगातार जारी शीतलहरका कारण मधेसको जनजीवन असाध्यै कष्टकर बन्दै गएको छ । मन्त्री मण्डलले विभिन्न निकायसँग समन्वय गरी आफुसँग भएका श्रोत र साधन समेत परिचालन गरी ‘न्यानो बाँडौ’ अभियान थालिएको बताए । 

राज्यमन्त्री मण्डलले ‘न्यानो बाँडौ’ अभियानमा सम्पूर्ण डिभिजन वन कार्यालयका प्रमुखलगायत सम्पूर्ण कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध  गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप