राज्यमन्त्रीको नेतृत्वमा सिरहामा न्यानो बाँडौ अभियान सुरु
सिरहा । सिरहा प्रदेश २ का उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका विभिन्न ठाउँमा ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात गर्दै मन्त्री मण्डलले उक्त अभियानका लागि पीडितलाई राहत दिन प्रदेशका सम्पूर्ण डिभिजन वन कार्यालयका अधिकारीहरुले दाउरा बाल्न र दाउरा वितरण गर्न अनुरोध गरेका छन् ।
मन्त्री मन्डल आफु पनि सिरहाको विभिन्न ठाउँमा पुगेर दाउरा बालन र दाउरा वितरणमा सहयोग गरेका छन् । सिरहा जिल्लाका विभिन्न चोकमा आगो बालेर राहत प्रदान गरिएको राज्यमन्त्री मण्डलले बताए ।

केही दिनदेखि लगातार जारी शीतलहरका कारण मधेसको जनजीवन असाध्यै कष्टकर बन्दै गएको छ । मन्त्री मण्डलले विभिन्न निकायसँग समन्वय गरी आफुसँग भएका श्रोत र साधन समेत परिचालन गरी ‘न्यानो बाँडौ’ अभियान थालिएको बताए ।
राज्यमन्त्री मण्डलले ‘न्यानो बाँडौ’ अभियानमा सम्पूर्ण डिभिजन वन कार्यालयका प्रमुखलगायत सम्पूर्ण कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण