अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मन्च यूकेद्वारा सहयोग
लण्डन । पोखरेली यूवा सांस्कृतिक परिवारले स्थापना गर्न लागेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार कोषका लागि पोखरेली मन्च यूकेले रु २ लाख ५० हजार प्रदान गरेको छ ।
गत ९ नोभेम्बरमा बेलायतमा पोखरेली मंच यूकेले आयोजना गरेको 'सिर्जनाको घेराभित्र सरुभक्त' कार्यक्रम प्रायोजनबाट बचेको सो रकम संयोजकद्वय लालप्रसाद गुरुङ र सुधा गुरुङले परिवारका अध्यक्ष प्रकाश ज्ञवालीलाई हस्तान्तरण गरे । गत पौष ५ गते पोखरामा आयोजित समता काव्य संध्या कार्यक्रममा हस्तान्तरण गरिएको हो । साथै बेलायतमा अन्तरराष्ट्रिय लोकार्पण गरिएको सरुभक्तको नवीनतम उपन्यास बिक्रीबाट उठेको रकम गरि रु ३ लाख १८ हजार ४०९ सरुभक्तलाई प्रदान गरिएको थियो।
आधुनिक गीत संगीतका धरोहर स्वर्गीय अम्बर गुरुङको नाममा ठुलो रकमको अक्षय कोष स्थापना गरि राष्ट्रिय स्तरमा गीत संगीतको क्षेत्रमा अमूल्य योगदान पुराउने स्रष्टालाई पुरस्कृत गर्ने योजना रहेको साहित्यकार तीर्थ श्रेष्ठले बताए। सो पुरस्कार स्थापनाका लागि जग बसाल्ने काम गीतकार एवम संगीतकार बिक्रम गुरुङले गरेको पनि श्रेष्ठले बताए।
विक्रमले हङकङमा एकल सांगीतिक कार्यक्रम गरि आर्जन गरेको रु पांच लाखमा एक लाख थप गरि रु ६ लाख सो कोषका लागि प्रदान गरेका थिए। सोही रकममा एक अर्को ईट्टा थप्ने काम पोखरेली मंच यूकेले गरेको हो भने त्यसको माध्यम बने साहित्यकार सरुभक्त।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती सरुभक्तले आफ्नो बेलायती भ्रमणलाई साहित्यिक तीर्थयात्रा उपनाम दिँदै बेलायतमा आयोजित आफ्नो ऐतिहासिक कार्यक्रमबाट आधुनिक गीत संगीतका धरोहर एवम मूर्धन्य संगीतकार अम्बर गुरुङ राष्ट्रिय पुरस्कारमा थप टेवा पुराउन पाउनु आफ्नो लागि अत्ति नै अविष्मरणीय क्षण भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण