चिलीमा यसरी बनेको थियो काठमाडौंमा चिनियाँ नागरिक पक्राउ गर्ने योजना
काठमाडौं । चिलीमा भएको इन्टरपोलको ८८ औँ महासभा बैठकमा नेपाल चीनका प्रहरी अधिकारीबीच दुई देशमा हुने अपराधलाई नियन्त्रण गर्न भएको छलफल अनुसार निगरानी गर्दा साइबर अपराधमा सङ्लग्न १२२ चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गरी साइबर अपराधमार्फत आफ्नै देशका धनी मानिस र एकल महिलालाई अनलाइनमा लगानी गर्दा धेरै नाफा हुन्छ भन्दै प्रलोभनमा पारेर ठूलो रकम ठगी गर्ने १२२ जनालाई पक्राउ गरेको जानकारी दिइएको हो । पक्राउ पर्नेमा ११४ पुरुष र ८ महिला छन् ।
सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले इन्टरपोलको बैठकमा भएको छलफललाई आधार बनाएर सुक्ष्मरूपमा अनुसन्धान गर्दा गैरकानूनी रुपमा साइबर अपराधमा लाग्ने चिनियाँलाई पक्राउ गरिएको जानकारी दिए ।
‘प्रहरीको तीन महिनाको अथक प्रयासपछि उनीहरुलाई मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठका ९ वटा घरबाट नियन्त्रणमा लिन सफल भएका छौँँ,’ उनले भने । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रमुख शाहीले पक्राउ परेका सबै ‘भिजिट भिसा’मा नेपाल आएर बसेको बताए । पक्राउ परेकासँग प्रहरीले मोबाइल ७४७ थान, ल्यापटप ३३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ थान र राहदानी ६७ थान बरामद गरेको छ । पक्राउ परेका व्यक्ति अन्य अपराधमासमेत सङ्लग्न रहेको हुन भन्दै अनुसन्धान भइरहेको छ । पक्राउ परेकालाई नेपालको प्रचलित कानुनअनुसार कारवाही गरिने ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रपछि गौतमबुद्ध रङ्गशाला निर्माणको ठेक्का रद्द
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
महानगरका पार्क र ट्राफिक आइल्याण्डको व्यवस्थापनका लागि ११० जना जनशक्ति परिचालन
-
डेनमार्कमा मिथिला चित्रकला प्रदर्शनी
-
परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान