ज्लाटन इब्राहिमोभिच एसी मिलानमा
एजेन्सी । स्विडेनका भेट्रान्स स्ट्राइकर ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा आवद्ध भएका छन् । म्यानचेस्टर युनाईटेडका पूर्व स्टार ज्लाटनले एसी मिलानमा ६ महिनाका लागि सम्झौता गरेका हुन् । उनले अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित एसी मिलानसँग सम्झौता गरेका छन् ।
३८ बर्षीय ज्लाटनले गतसिजनको अन्तिममा अमेरिकी मेजर लिग सकर टोली एलए ग्यालेक्सी छाडेका थिए । एसी मिलान जारी सिजन कमजोर प्रदर्शनबाट गुज्रिएको छ । त्यसैले उसले अनुभवी खेलाडी ज्लाटनलाई साथ लिएको हो ।
ज्लाटनले स्वास्थ्य परिक्षण पछि टोलीमा खेल्ने छन् । उनले जनवरी २ तारिखदेखि टोलीबाट खेल्ने बताईएको छ । ‘म मिलान शहरलाई निकै प्रेम गर्छु । एसी मिलान मेरो मन पर्ने क्लब हो । यहाँ म सम्मानका साथ आएको छु,’ ज्लाटनले भनेका छन् ।
ज्लाटनले यसअघि सन् २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेलेका थिए । उनी सन् २०१८ मा अमेरिकन क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका थिए । ज्लाटन सात पटकको युरोयिन च्याम्पियन एसी मिलानलाई प्राण भर्ने उद्येश्यका साथ मिलान पुगेका हुन् । सन् २०११ यता उपाधि विहिन एसी मिलान अहिले लिगको ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक