दक्षिण कोरियामा टोपी दिवससँगै भ्रमण वर्षको प्रचार गरियो
सोल । दक्षिण कोरियामा ‘टोपी दिवस’ मनाइएको छ । २०७० सालदेखि हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाउन थालिएको यो दिवस देशविदेशमा रहेका नेपालीहरुले मनाउँदै आएका छन् ।
यसैक्रममा दक्षिण कोरियामा पनि यो बुधबार सो दिवस मनाइएको हो । “राष्ट्रका नाममा दुईघण्टा हातमा नेपाली झण्डा र शीरमा टोपी लगाएर पदयात्रा” भन्ने मुल नाराका साथ सोल स्टेसनदेखि सोल टावर सम्म पदयाता गरिएको हो ।
यो दिवसका अवसरमा पर्यटन नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार पनि गरियो । नेपाली झण्डा सहित नेपालको विभिन्न क्षेत्रको दृश्य अंकित प्लेकार्डसहित गरिएको पदयात्रामा भ्रमण वर्ष २०२० को नारा “नेपाल लाईफटाईम एक्सपिरिएन्सेस” लाई प्रवर्द्धन गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपी सिटौला सहित गैरआवासीय नेपाली संघ कोरियाका पदाधिकारी, राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान, सोसाइटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण