५७ करोडको लागतमा सडक निर्माण हुँदै
झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य शुरु भएको हो ।
नालासहित ५० फुट चौडाइ रहने सडक निर्माणका लागि रु ५७ करोड बजेट विनियोजन भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
जिल्लाकै पुरानो सदरमुकाम भए पनि आवश्यक पूर्वाधारको अभावमा पछि परेको झापामा सडक निर्माण सम्पन्नसँगै त्यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज हुने अध्यक्ष साहको भनाइ छ । सडक निर्माण शुरु भएसँगै कनकाई नगरपालिकाको दक्षिणी क्षेत्र र झापा गाउँपालिकाका स्थानीयमा खुशियाली छाएको छ ।
समयमै सडक निर्माण सम्पन्न गर्नका लागि सडकको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउन आफूहरु तयार रहेको भन्दै स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् ।
बाटो निर्माणका क्रममा कुनै पनि कमीकमजोरी भए खबरदारी गर्न उपभोक्तालाई आग्रह गर्दै अध्यक्ष साहले समयमै गुणस्तरयुक्त बाटो निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।
सडक निर्माण शुरु भएसँगै झापा गाउँपालिका–३ का अध्यक्ष मोतिलाल गणेश, ६ का अध्यक्ष हरिबहादुर बानियाँ र ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती, नेपाली काङ्ग्रेस ४ नं क्षेत्रीय सचिव शिव कँडेल, नेकपाका गाउँ कमिटी अध्यक्ष रुद्र बजगाईंलगायतले सडक निर्माणका क्रममा ८२ फुट क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना हटाउन आफूहरुको समेत सहयोग रहने प्रतिबद्धता जनाए । झापा गाउँपालिकाले अमरपथ सडक निर्मणलाई गौरवको आयोजना भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण