सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी

सुदूरपश्चिम सरकारका मन्त्री फेरबदल अघि मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, २५ जेठ २०८३, १४ : ३१
सोमबार, २५ जेठ २०८३

धनगढी । सुदूरपश्चिम सरकारका मन्त्रीहरू फेरबदल अघि मन्त्रिपरिषद् बैठक राखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । यो बैठकबाटै मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई धन्यवादसहित औपचारिक रूपमा बिदाइ गर्ने बताइएको छ । यद्यपि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने बैठकको एजेन्डा तथा उद्देश्यबारे प्रस्ट खुलाएको छैन ।

मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्‌मा हेरफेर गर्ने योजना बनाएका छन् । सोही अनुसार सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेका छन् ।

सम्भवतः आजै मुख्यमन्त्री शाहले नयाँ मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ । त्यसअघि पुराना मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् बैठक राखेर उनले धन्यवाद दिन लागेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप