चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
सोमबार, २५ जेठ २०८३, १४ : ४०
सारांश
- चलचित्र 'लालीबजार'ले बक्स अफिसमा करिब ९ करोड रुपैयाँ ग्रस कमाएको छ ।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, चलचित्रले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ कमाएको छ ।
- गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।
काठमाडौँ । चलचित्र ‘लालीबजार’को आम्दानी करिब ९ करोड हाराहारी पुगेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमाचलचित्रले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ ।
बक्स अफिस रिपोट आइतबार रातिसम्मको हो । यो अवधिमा चलचित्रलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।
यम थापा निर्देशित चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, रबिन्द्र सिंह बाँनिया लगायतको मुख्य अभिनय छ । चलचित्र गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूदुरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण