पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
इस्लामवाद । पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।
सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए । त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतङ्ककारी मारिएका हुन् ।
मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको जनाइएको छ। ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको बताइएको छ ।
सेनाले मिरान शाहमा स्थानीय प्रभावशाली व्यक्तित्व मलिक सैफुल्लाह दावरको हत्याको बदला लिइएको उल्लेख गर्दै उक्त आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीमार्फत नियन्त्रणमा लिइएको जनाएको छ ।
क्षेत्रलाई पूर्ण रूपमा आतङ्कमुक्त बनाउन थप सफाइ अभियान जारी रहेको र यो कारबाही देशको जारी आतंकवाद विरोधी अभियानको हिस्सा भएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण