इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
सारांश
- इरान र कतारका विदेश मन्त्रीहरूले अमेरिका र इरानबिच चलिरहेको कूटनीतिक वार्ता तथा मध्यस्थता प्रयासबारे फोनवार्ता गरेका छन् ।
- सो वार्तामा अमेरिका–इरान सम्बन्ध, पशिचम एसियाको पछिल्लो तनाव र विशेष गरी लेबनानको अवस्थाबारे छलफल भएको बताइएको छ ।
- कतार क्षेत्रीय कूटनीतिक प्रयासमा सक्रिय मध्यस्थकर्ताको भूमिकामा रहँदै आएको छ ।
काठमाडौँ । इरान र कतारका विदेश मन्त्रीहरूले अमेरिका र इरानबिच चलिरहेको कूटनीतिक वार्ता तथा मध्यस्थता प्रयासबारे फोनवार्ता गरेका छन् ।
कतारको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुरहमान अल थानीबिच सोमबार फोनवार्ता भएको हो । सो वार्तामा अमेरिका–इरान सम्बन्ध, पशिचम एसियाको पछिल्लो तनाव र विशेष गरी लेबनानको अवस्थाबारे छलफल भएको बताइएको छ ।
यो वार्ता इजरायल र इरानबिच सैन्य तनाव तीव्र बनेको समयमै भएको हो । पछिल्ला दिनहरूमा दुवै देशबिच प्रत्यक्ष आक्रमण र प्रत्याक्रमण भइरहेको छ, जसलाई अप्रिलको युद्धविरामयता सबैभन्दा गम्भीर अवस्था मानिएको छ ।
कतार क्षेत्रीय कूटनीतिक प्रयासमा सक्रिय मध्यस्थकर्ताको भूमिकामा रहँदै आएको छ । यसअघि पनि कतारी वार्ता टोलीले मे महिनामा तेहरानको भ्रमण गरी सम्झौताको सम्भावनाबारे छलफल गरेको रिपोर्ट आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण