शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

देउवामाथि केसीको कटाक्ष : फुटबल खेल्न हक्की स्टिक

शनिबार, १९ पुस २०७६, १९ : ३२
शनिबार, १९ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्व विधि–विधान विपरीत अगाडि बढेको आरोप लगाएका छन् । शनिबार नेपाली काँग्रेस तनहुँ जिल्ला कार्यालयमा कार्यकर्तासँगको भेटघाटमा नेता केसीले पार्टी सभापति फुट बल खेल्न हक्की स्टिक लिएर आएको भन्दै आन्तरिक रणनिति लिन आवस्यक भएको बताए ।

उनले भने, ‘फुटबल खेल्न हक्की स्टिक लिएर आउनेहरूसँग खेल खेल्न सकिन्न । जसरी खेलमा नियम र अनुशासन हुन्छ । त्यसरी नै यौटा जिविन्त पाटीमा विधि विधान हुन्छ । त्यस अनुरुपनै चल्नुपर्छ । तर यतिबेला काँग्रेसमा विधि–विधिको खिल्ली उडाइएको छ ।’

पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका घोषणा, क्रियाशील सदस्यतासम्बन्धी विधानका केही प्रावधान निलम्बन, विभागको संख्या बढाउने र तरुण दलको कार्यकाल थप ६ महिना बढाउने निर्णय लिएको थियो । उक्त निर्णय इंगित गर्दै नेता केसीले सभापति शेरबादुर देउवा खेलमा नियम र अनुशासन विपरीत फुटबल खेल्न हक्की स्टिकका साथ आएको बताए । 

साथै उनले पार्टीका अगुवा कार्यकर्ताहरुलाई शक्ति भन्दा सत्यलाई साथ दिन आग्रह गरे ।

‘पार्टीको वर्तमान अवस्था सुधार्दै आयागमी निर्वाचनमा पहिलो पार्टी बनाउन सक्ने नेतृत्व आउँदै गरेको १४ औं अधिवेशनले चयन गर्छ । तपाईँहरु शक्तिलाई होइन सत्यलाई साथ दिनुहोस्,’ नेता केसीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप