प्रदेश २ को चार सिटका लागि नेकपा–राजपा र काँग्रेस–समाजवादीले दिए उम्मेदवारी (तस्बिरसहित)
जनकपुर । प्रदेश नम्बर २ मा राष्ट्रिय सभाको खाली भएको ४ सिटका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभाको चार सीटका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली काँग्रेस र समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गराए ।
उम्मेदवारी दर्ता गराउन अघि नेकपा र राजपाका नेता तथा कार्यकर्ताहरु संयुक्तरुपमा जुलुश प्रदर्शन गर्दै निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
प्रदेश २ मा काँग्रेस र समाजवादीबीच चुनावी गठबन्धन छ भने नेकपा र राजपाबीच पनि चुनावी गठबन्धन भएको छ । यो प्रदेशबाट चार जना रष्ट्रिय सभा सदस्य निर्वाचित भएर आउने छन् । दुवै गठबन्धनले २,२ जनाका दरले भागबण्डा गरेर उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरुले आइतबार जुलुससहित निर्वाचन कार्यलय पुगेर उम्मेदवारी दिएका हुन् ।
यो प्रदेशमा चुनावी गठबन्धन गरेका दलहरु नेकपा र राजपाले संयुक्त रुपमा रयालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरे भने समाजवादी र काँग्रेसले चुनावी गठबन्धन गरेपनि फरकफरक जुलुस निकालेर उम्मेदवारी दर्ता गरे । नेकपा र राजपाका उम्मेदवारहरु नेकपाको २ नम्बर प्रदेश कार्यालयमा जम्मा भएर जुुलुससहित निर्वाचन कार्यलय पुगेका थिए । त्यसक्रममा उनीहरुले जय मधेस र लाल सलामको नारा घन्काएका थिए ।
त्यस्तै काँग्रेस र समाजवादीका उम्मेदवारहरु पनि छुट्टाछुट्टै जुलुुससहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
प्रदेश २ मा काँग्रेस–समाजवादी गठबन्धनका तर्फबाट काँग्रेसका नगिना यादव र भोला पञ्जियार तथा समाजवादीबाट रामप्रित पासवान र अनिरुद्रसिंहप्रसाद सिंह यादवले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै नेकपा राजपा गठबन्धनबाट नेकपाका तुलसा दाहाल र राधेश्याम पासवानले उम्मेदवारी दिएका छन् । नेकपा राजपा गठबन्धनअनुसार राजपाबाट मृगेन्द्रसिंह यादव र शेखरसिंहले उम्मेदवारी दिएका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण