प्रदेश २ सरकारद्वारा पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र सार्वजनिक
जनकपुर । प्रदेश नम्बर २ को सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र २०७६ सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताए । नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य प्रदेश सरकारको रहेको बताए ।
प्रदेश नम्बर २ को आर्थिक वृद्धि दर ६.५३ बाट आउँदो ५ वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य हासिल गर्ने उद्देश्य रहेको उनले बताए । प्रदेश सरकारले २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । प्रदेशको कूल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष डा.झाले बताए । आगामी ५ वर्षमा प्रदेशको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य प्रदेश सरकारले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण