शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारद्वारा पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र सार्वजनिक

बुधबार, २३ पुस २०७६, १७ : १६
बुधबार, २३ पुस २०७६

जनकपुर ।  प्रदेश नम्बर २ को सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र २०७६ सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताए ।  नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य प्रदेश सरकारको रहेको बताए ।

प्रदेश नम्बर २ को आर्थिक वृद्धि दर ६.५३ बाट आउँदो ५ वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य हासिल गर्ने उद्देश्य रहेको उनले बताए । प्रदेश सरकारले २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । प्रदेशको कूल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष डा.झाले बताए । आगामी ५ वर्षमा प्रदेशको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य प्रदेश सरकारले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप