शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेसलाई अंकुश लगाएर लोकतन्त्र बलियो हुँदैन : नेता केसी

बुधबार, २३ पुस २०७६, २० : ३६
बुधबार, २३ पुस २०७६

बारा । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रेसमा अंकुश लगाएर मुलुकमा तानाशाही ब्यवस्था लाध्ने सरकारको दिवा सपना नेपाली जनताले परास्त गरेरै छाडने बताएका छन् । 
बारामा बुधवार स्व. रामनायरण यादवको श्रदाञ्जली सभामा नेता केसीले प्रेस स्वतन्त्रता कायम गराउन र वर्तमान सरकारको तानशाही प्रवृतिलाई रोक्न सबै लोकतन्त्रवादी शक्तिहरु एक जुट हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

प्रेस बलियो नभएसम्म लोकतन्त्र बलियो नहुने केसीको भनाइ थियो । सरकारले संविधान मिचेर  एकपछि अर्को  निर्णय गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने काम गरिरहेको उनको आरोप थियो । 
पार्टीभित्र पनि तानाशाही प्रवृतिका व्यक्तिहरु हावी भएको बताए । 

यस्तै काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तराई मधेसको समस्या नेपाली काँग्रेस बाहेक अरु पार्टीले हल गर्न नसक्ने ठोकुवा गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप