कवाड व्यवसायीहरूलाई पूर्ण सुरक्षाको ग्यारेन्टी हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कवाड व्यवसाय लक्षित चलाइएको डोजर रोक्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायीहरूको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
अदालतको स्टे अर्डरविपरित काठमाडौँ महानगरले व्यवसायीहरूमाथि धरपकड गर्न नपाउने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको भेटमा सहभागी एक व्यवसायीले जानकारी दिए । महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरूलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका थिए ।
महानगरले आफूहरूको व्यावसायिक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरूको गुनासो थियो । उनीहरुले आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।
सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनी (उच्च अदालत) बाट काठमाडौँ महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण