आर्मी लिगको शीर्ष स्थानमा उक्लियो
बिहीबार, २४ पुस २०७६, १७ : २०
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा बिहिबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । आर्मीको जितमा जर्ज प्रिन्स कार्कीले नायक बने ।
जर्ज प्रिन्सले ३०औं मिनेटमा दिनेश हेम्जनको पासमा गरेको गोलनै आर्मीको जितमा प्रयाप्त बन्यो । आर्मीका विकास खवास म्यान अफ दी म्याच भए ।
उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मीले पाँच खेलबाट १२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दी क्बलको ११ अंक छ । लगातार पाँचौं हार खेपेको सरस्वतीले अंक जोड्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण