समाजवादी पार्टीले माघ ३ गतेबाट संगठन सुदृढिकरण अभियान थाल्ने
काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेबाट सातै प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरण अभियान थाल्ने भएको छ । सो पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बीचमा लैजाने उद्देश्यका साथ ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको हो ।
अभियान सञ्चालन गर्न पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए । अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा पुग्ने समेत उनले बताए । संयोजक श्रेष्ठले यसअघि पार्टी एकीकरण र समायोजनको कामको जिम्मेवारी पनि सम्हालेका थिए ।
अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम ७ वटै प्रदेशबाट एक साथ हुने् जनाइएको छ । तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण