सुनको मूल्यसँगै बढ्दो तस्करी
नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।
गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । सो महिनामा सुनको मूल्य न्यूनतम ७१ हजार तीन सय रुपियाँदेखि अधिकतम ७१ हजार आठ सय रुपियाँ पुगेको थियो ।
त्रिभुवन विमानस्थल भन्सार विभागका प्रमुख राजकुमार अधिकारी नेपाली बजारमा मूल्य बढ्न थालेपछि तस्करी सुन बढी भित्रन खोज्ने प्रवृत्ति देखिएको बताउँछन् । विभिन्न मुलुकबाट नयाँनयाँ तरिका अपनाउँदै सुन तस्करी गर्नेहरूमा चिनियाँ र भारतीय नागरिकहरूको बढी संलग्नता रहने गरेको देखिएको उनको भनाइ छ ।
त्यस्तै वैदेशिक रोजगारीमा लामो समय बसेर स्वदेश फर्किने केही नेपालीलाई पनि तस्करहरूले भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रमुख अधिकारीले बताए । राधा चालिसेले यो समाचार आजको गोरखापत्र दैनिकमा लेख्नुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण