भारत–र मलेसियाबीच तनाव बढ्यो, महाथीरले भने–हामी झुक्दैनौँ
क्वालालम्पुर । मलेसिया र भारतबीचको सम्बन्ध चिसिन थालेको छ । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले जम्मु–कश्मीरलाई भारतीय संविधान अन्तर्गत दिइएको विशेष दर्जा खारेज गरिएको र नागरिकता संशोधन विधेयकका बारेमा भारतको चर्को आलोचना गर्दै आएका छन् ।
प्रत्युत्तरमा भारतले मलेसियाबाट पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । तर, भारतले मलेसियाबाट पाम आयलमा रोक लगाए पनि गलत कुरालाई ‘गलत’ नै भन्ने अडान मलेसियाले लिएको छ ।
मलेसियाका प्रधानमन्त्री महाथिरले भारतको पछिल्लो कदमबारे प्रतिक्रिया जनाउँदै भने, ‘हाम्रो देशले वित्तीय नोक्सान उठाउनु परे पनि गलत कुराविरुद्ध बोल्न छाड्ने छैनौँ ।’
पाम आयल आयातमा भारत अग्रणी मुलुक मानिन्छ । भारतले इन्डोनेसिया र मलेसियाबाट पाम आयल आयात गर्दै आएको छ । पाम आयल उत्पादनमा इन्डोनेसियापछि मलेसिया विश्वकै दोस्रो नम्बरमा आउँछ ।
भारतको विदेश मन्त्रालयले पाम आयलको आयात कुनै खास देशसँग जोडिन सक्दैन । कुनै प्रकारको कारोबार दुवै देशको सम्बन्धमा निर्भर गर्ने भन्दै विदेश मन्त्रालयले यसकै आधारमा व्यापारिक सम्बन्ध पनि कायम हुने प्रष्ट पारेको छ ।
सन् २०१९ मा मलेसियाको पाम आयलको सबैभन्दा ठूलो खरिददार भारत थियो । भारतले एक वर्षमा ४०.४ लाख टन पाम आयल मलेसियाबाट खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण