इण्डो–प्यासिफिक स्ट्राटेजीबारे रसियाले भारतको प्रसंशा गर्दै भन्यो,‘यो अमेरिकाको चीन घेर्ने रणनीति हो’
एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई ल्याभ्रोवले बुधबार ‘इण्डो–प्यासिफिक रणनीति’ अवधारणाप्रति असन्तुष्ट जनाएका छन् । उनले यो अवधारणा चीनलाई घेर्न ल्याएको आरोप समेत लगाए । विश्वका धेरै देशका विदेशमन्त्री तथा रक्षामन्त्रीको सहभागिता हुने वार्षिक भेला ‘रायसीना डायलग(संवाद)’को पाँचौं सस्करणमा बोल्ने क्रममा ल्याभरोबले उक्त कुरा गरेका हुन् ।
रायसिना डायलग भारतको विदेश मन्त्रालयको सहयोगमा नयाँ दिल्लीमा आयोजना हुने हुन्छ । सम्बोधनमा ल्याभरोवले सन् २०१६ मा रुसले प्रस्ताव गरेको पश्चिममा पोर्चुगलदेखि पूर्वमा इण्डोनेसियासम्मलाई जोड्ने समावेशी युरोसिया क्षेत्रबारे सुनाए ।
‘हाम्रा पश्चिमा मित्रहरु अन्तर्राष्ट्रिय कानुनजस्ता पदावलीको प्रयोग कम गर्न थालेका छन् । त्यसका सट्टामा ती विधिमा आधारित विश्व व्यवस्था भन्छन् । तर तिनले कस्तो प्रकारको शासन प्रदान गछन् ?’ ल्याभरोवले भने ।
उनले इण्डो–प्यासिफिक रणनीतिलाई अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले समर्थन जनाएको बताउदैं भने, ‘इण्डो–प्यासिफिक रणनीति खासमा एशिया प्रशान्त क्षेत्रमा हाल विधमान सहकार्यपूर्ण आसियानमा आधरित संरचनाबाट विभाजनकारी संरचनामा जाने प्रयास हो ।’
२१ औं शताब्दीमा अन्तर्राष्ट्रिय समुदायले औपनिवेशिक र नव–औपनिवेशिक संस्कारमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धबाट मुक्त हुनुपर्छ । अमेरिकाले किन इण्डो प्यासिफिक नाम राखेर अवधारणा ल्याउनु प¥यो भन्ने प्रश्नमा ल्यावरोभले भने ,‘यसको स्पष्ट उत्तर हो, चीनलाई घेरा हाल्न । यो स्पष्ट छ । भारतीय मित्रले यो खतरा बुझ्न सक्षम हुनुहुन्थ्यो, त्यसैले उहाँहरु त्यसमा सहभागी हुनु भएन,’ उनले भने ।
रुसी विदेशमन्त्री मन्तव्यमा चीनप्रति सकारात्मक शब्दको प्रयोग गरेका थिए । सन् २०१४ मा रुसले क्रिमियामाथि नियन्त्रण जमाएपछि पश्चिमाले रुसमाथि प्रतिबन्ध लगाएपछि रुस र चीन नजिकिएका छन् ।
सम्बोधनमा ल्याभरोवले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावीलाई पनि समर्थन जनाए । Photo: reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर