मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : कसले मार्ला नेतृत्वमा बाजी ?

बिहीबार, ०८ भदौ २०७४, १४ : १०
बिहीबार, ०८ भदौ २०७४

काठमाडौं– माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय सम्मेलन राजाधानीमा सुरु भएसँगै नयाँ नेतृत्व हत्याउन विद्यार्थी नेताहरुवीच रस्साकस्सी सुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डले सम्मेलन उद्घाटनका क्रममा नयाँ नेतृत्व सर्वसम्मत बनाउन नसकेपनि निर्वाचनबाट सभ्य र भव्य बनाउन निर्देशन दिएका थिए । अध्यक्ष प्रचण्डले नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप समेत नगर्ने बताएपछि निर्वाचनको तयारीमा रहेका नेताहरु थप उत्साहित बनेर निर्वाचनमा होमिएका छन् । सम्मेलन सुरु भएपछि विद्यार्थी नेताहरुले आफु नेतृत्व तहमा पुग्न प्रतिनिधिहरुसँग मत माग्ने क्रमलाई तिव्रता पनि दिन थालेका छन् । तर, बैठक बसेरै आफुखुशी उम्मेदारी घोषणा नगर्न सर्कुलर जारी गरेको अखिलनेताहरुमा यो सर्कुलर भने कार्यान्वयन हुन सकेन । 


सम्मेलनअन्र्तगत बिहिबारबाट सुरु भएको बन्दसत्रमा विधान र प्रतिवेदनमाथि छलफल हुने बरिष्ठ उपाध्यक्ष अनिल शर्माले रातोपाटीलाई बताए । शर्माका अनुसार यो सम्मेलनले अखिलको इतिहासमै निर्वाचनबाट पहिलो पटक नेतृत्व छान्नेछ । जुन सभ्य र भव्य पनि हुनेछ । निर्वाचन अखिल र नेविसंघको जस्तो नभई क्रान्तिकारीको जस्तो हुने विद्यार्थी नेताहरुको भनाई छ । शर्माले भने‘यो कम्युनिष्ट आचरण र विचारयुक्त संगठन भएकाले अन्य संगठनको जस्तो पूँजीवादी तरिकाको निर्वाचन हुने छैन ।’

निर्वाचनको अभ्यास पहिलो पटक गरेको क्रान्तिकारीमा अध्यक्षका उम्मेदारका आकांक्षी पनि धेरै देखिएका छन् । तर चर्चामा रहेकामध्ये रुकुमका अनिल शर्माको जित अध्यक्षमा पक्का रहेको धेरैको अनुमान छ । एक सचिवका अनुसार निर्वाचन या सर्वसम्मत जे भएपनि सम्मेलनले शर्मालाई नै अध्यक्ष बनाउछ । 
संगठनका वर्तमान अध्यक्षले विदाइ लिने भएपछि स्वतः वरिष्ठ उपाध्यक्षले नेतृत्व पाउनुपर्ने धेरैको चाहाना पनि छ । यसकारण सर्वसम्मत नेतृत्व चयन भएपनि शर्माले नै अवको अखिल क्रान्तिकारीको नेतृत्व पाउनु पर्ने विद्यार्थी नेताहरु नै बताउछन् । 
 

यी हुन् आकांक्षी
सर्वसम्मत नेतृत्व चयन हुन नसके अहिलेसम्म अध्यक्षका लागि ६ जना प्रतिपर्धामा उत्रने देखिएको छ । 
१ अनिल शर्मा 
२ विरेन्द्र बस्नेत
३ पंचा सिंह 
४ रामचन्द्र अधिकारी
५ मदन अर्याल
६ रन्जित तामाङ 

यी नाममध्ये अहिलेसम्म संगठनमा सवैभन्दा बलियो प्रभाव भने शर्माकै रहेको छ विद्यार्थी नेताहरुले बताएका छन् । संगठानिक र वैचारीक नेतृत्वको छवि बनाएका शर्मा रुकुमबासी हुन् । स्थानीय तहमा रुकुममा पुरा जिल्ला नै माओवादीले जित्नुमा शर्माको पनि ठुलो योगदान रहेको रुकुमेली जनताको भनाई छ । शर्मा आन्तरिक संगठनलाई मिलाउन पनि सिपालु मानिन्छन् । वैचारीक रुपमा अन्य संगठनसँग छलफल गर्न शर्मा प्रखर भनेर चिनिएका छन् । 
अर्का आकांक्षी विरेन्द्र बस्नेत झापका हुन् । पार्टी विभाजन भएपछि मोहन वैद्य हुदै बादल समुहसँग पुन पार्टी एकतामा आएका उनी अहिले संगठनका महासचिव हुन । बस्नेत अहिलेको निर्वाचनमा प्रमुख भूमिका निभाउनेमध्यमा पर्छन् । 

अर्की आकांक्षी पंचा सिंह हुन् । उनी माओवादी जनयुद्धको उद्गम थलो मध्यको एक मानिने जिल्ला कालिकोटकी हुन् । विद्यार्थी संगठनमा अबको नेतृत्व महिलाले लिनुपर्छ भनेर आवाज उठाउने उनी नेतृत्व लिन पनि तयार छिन् । सिंह शहिद परिवारकी सदस्य पनि हुन् । 

अर्का रामचन्द्र अधिकारी चितवनका हुन् । उनीपनि अध्यक्षका आकांक्षी छन् । विद्यार्थीमा उनको ठिकै प्रभाव रहेको नेताहरुवीच चर्चा चल्ने गरेको छ । मदन अर्याल पनि अध्यक्षको आकांक्षी हुन । विचारमा बहस गर्ने अर्याल एकता केन्द्रको पार्टी एकतामा आएका हुन् । अर्का रन्जित तामाङ क्रान्तिकारीमा संगठन मिलाउन जान्ने नेताको रुपमा परिचित छन् । 
सम्मेलनको सुरुमा नेतृत्वका लागि आकांक्षीहरु धेरै देखिएपछि अन्तिमा दुई जना बिचमात्रै प्रतिष्पर्धा हुने बताइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप