जनकपुरबाट चाइनिज पेस्तोलसहित २ जना पक्राउ
धनुषा । जनकपुरबाट प्रहरीले चाइनिज पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयाका ४० वर्षीय जितेन्द्र यादव र सोही नपा वडा नम्बर ५ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई हतियारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।
नियन्त्रणमा लिएका दुवै जनालाई शनिबार साँझ जनकपुरको भानुचोकबाट नियन्त्रणमा लिएको बताइएको छ । बा १४ च ७४५९ नम्बरको महिंद्रा टीयुभी गाडी र ज ९ प ४९०६ नम्बरको बाइक एक आपसमा ठोकिदा तत्काल प्रहरीले चारपाङ्ग्रे गाड़ी र बाइकलाई नियन्त्रणमा लिएर रेल्वे प्रहरी चौकीमा अनुसन्धान थालेको थियो ।
प्रहरीले दुर्घटनाको विषयमा अनुसन्धान गर्दा महिंद्रा टीयुभी गाड़ीभित्रको डिक्कीमा हतियार भेटाएको थियो । प्रहरीले खोजतलास गर्दा ६ राउण्ड गोलीसहित चाइनीज पेस्तोल समेत बरामद भएको प्रवक्ता समेत रहेका डिएसपी कार्कीले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा