किक बक्सिङ खेलाडी अविरललाई जापानमा उपाधी
काठमाडौँ । हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् ।
टोकियोमा नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर पहिलो नकाउट हानेका हुन् । २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् ।
जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायीक खेल खेल्दै आएका अविरलले जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । हालसम्म उनले ७ वटा नकाउट र ५ वटामा समान जित हासिल गरि नेपालको झण्डा फराउन सफल भएका छन् ।

खेल हेर्न पुगेका दर्शकहरूलाई रिङ् भित्रबाटै नेपाली झण्डा फहराउँदै अविरलले उपस्थित सयौं जापानी नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे ।
पछिल्लो समय किक बक्सिङगमा निरन्तर जित हात पार्दै आएका अविरल जापानमा हिमालयन चितुवाको नामले परिचित छन् । अविरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकलाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण